अमेरिकामा लकडाउनको बिरोध
काठमाडौं ८ बैशाख । लकडाउनको विरोधमा अमेरिकाका विभिन्न क्षेत्रमा प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै तत्काल खुलाउन गभर्नरहरुसँग माग गरेका छन् । एरिजोना, कोलोराडो, मोन्टाना र वासिङ्गटन राज्यमा लकडाउनको विरोधमा आइतबार प्रदर्शन भएका छन् । यसअघि अरु आधा दर्जन राज्यमा पनि प्रदर्शन भएका थिए । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम रहे पनि लगातारको प्रदर्शनले लकडाउन खुकुलो पार्न गभर्नरहरुमाथि दबाब बढ्दै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेका छन् । त्यसपछि प्रदर्शन थप बिस्तार भएको हो । गभर्नरहरुले लकडाउन केही खुकुलो बनाउने विषयमा छलफल सुरु गरेका छन् । जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि सात लाख ५९ हजार भन्दा बढी पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #लकडाउनको बिरोध
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्