बालुवाटारमा नेकपा सचिवाल बैठक
काठमाडौं २५ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । कोरोना संक्रमणपछि मुलुकको अवस्थाबारे छलफल गर्न बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ । कोरोना संक्रमणपछि मुलुकको स्थिति, सरकारले गरिरहेका काम, अब अपनाउनुपर्ने आवश्यक रणनीति, स्वास्थ्य सामग्री खरिदमा उत्पन्न विवाद लगायतका विषयमा बैठकमा छलफल हुँदै छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट कोभिड १९ अथवा कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूको बारेमा बैठकलाई जानकारी दिने कार्यसूची छ । लकडाउन पछि पहिलो पटक नेकपाको बैठक बसेको हो ।
क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #नेकपा सचिवाल बैठक
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्