प्रधानमन्त्री ओलीद्वारा १३औं सागमा पदक विजेतालाई बालुवाटारमा निम्तो
काठमाडौं २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सागमा स्वर्ण, रजत तथा कास्य पदक जित्ने नेपाली खेलाडीलाई बधाई दिनका लागि सरकारी निवास बालुवाटारमा बोलाएका हुन् । सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई प्रधानमन्त्री ओलीले दिउँसो साढे २ बजे बालुवाटारमा आउनका लागि निम्तो दिएका छन् । पदक जितेर खेलाडीहरुले देशको प्रतिष्ठा र गौरव बढाएकाले उनीहरुको सम्मानमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीले सम्बोधनको क्रममा खेलाडीका लागि विशेष प्याकेजको घोषणा गर्ने समेत तयारी गरेका छन् । बिरामी भएका कारण प्रधानमन्त्री ओली सागमा प्रत्यक्ष रुपमा उपस्थित हुन सक्नु सकेका थिएनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्