प्रधानमन्त्री ओलीद्वारा १३औं सागमा पदक विजेतालाई बालुवाटारमा निम्तो
काठमाडौं २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सागमा स्वर्ण, रजत तथा कास्य पदक जित्ने नेपाली खेलाडीलाई बधाई दिनका लागि सरकारी निवास बालुवाटारमा बोलाएका हुन् । सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई प्रधानमन्त्री ओलीले दिउँसो साढे २ बजे बालुवाटारमा आउनका लागि निम्तो दिएका छन् । पदक जितेर खेलाडीहरुले देशको प्रतिष्ठा र गौरव बढाएकाले उनीहरुको सम्मानमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीले सम्बोधनको क्रममा खेलाडीका लागि विशेष प्याकेजको घोषणा गर्ने समेत तयारी गरेका छन् । बिरामी भएका कारण प्रधानमन्त्री ओली सागमा प्रत्यक्ष रुपमा उपस्थित हुन सक्नु सकेका थिएनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्