बंगादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आउँदै
काठमाडौं २६ कार्तिक । बंगादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद आज नेपाल आउन लाग्नु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मध्याह्न त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन् । परराष्ट्रका अनुसार, भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षीलगायतसँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानको अवलोकन गर्ने तय भएको छ । हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनुहुनेछ । त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि हमिदले भेटवार्ता गर्ने तय भएको छ । हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भलाकुसारी गर्ने परराष्ट मन्त्रालयले जनाएको छ । भ्रमणको दौरानमा बंगलादेशका राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरि, पोखरालगायत स्थानको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बंगादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्