उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस

काठमाडौं १९ कार्तिक । मंसिरमा हुने उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अझै उमेदवार टुंगो लगाउन सकेको छैन । नेपाल कम्युनिष्ट पार्टीसहित साना दलले उमेदवार घोषणा गरिसकेको भएपनि कांग्रेस अझै आन्तरिक छलफलमा ब्यस्त छ । उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न कांग्रेसले मंगलबार पनि पदाधिकारी बैठक बोलाएको छ । बैठकले उमेदवार चयन गर्ने तयारी गरेको छ । त्यसअघि निर्वाचन हुने जिल्ला र क्षेत्रबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग पनि छलफल गर्ने कांग्रेसले जनाएको छ । यसअघि केन्द्रीय कार्यसमितिले उमेदवारको टुंगो लगाउने जिम्मेवारी पदाधिकारीलाई सुम्पिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कांग्रेसलाई सकस
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्