सरकार सुविधाभोगी प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा महल

काठमाडौं १४ असोज । सरकार सुविधाभोगी भए । जनताको ओत लाग्ने छानो नहुँदा नेतालाई चाहियो सुविधा सम्पन्न महल, करोडौंका गाडी, तलव भत्ता को त कुरौं छाडौं । संघ प्रदेश र स्थानीय सरकारको सेवा सुविधा मै जनताले तिरेको कर खर्चिएपछि कसरी होला बिकास ? घर दैलोमै सरकार । सेवा सुविधा घरदैलोमै पु¥याउने उद्देश्यले देश संघीयतामा गयो । प्रदेश राजधानी पनि केहीले टुंगो लगाए । तर, संघीयताको मर्म बिपरित सरकारले ललितपुरको भैंसेपाटीमा मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको शिलन्यास गर्यो । प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आखिर राजधानीमै करोडौका महल बनाउनु के सुधिाभोगी नभनी के भन्ने । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि महल बनाउन ८५ करोड रुपैयाँ खर्चदै छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै गरी १४ वटा भवन बन्नेछन् । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ । त्यतिमात्रै होइन ललितपुरको सैंबुमा सांसद आवासका लागि छुट्याइएको १ सय ४९ रोपनी ४ आना ३ दशमल २८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारीलाई समेत सरकारले तीव्रता दिएको छ । सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ । जनताको चाहना र आवश्यकता एकातिर छ, सरकारको ध्यान अर्कैतिर । बजारमा बढिरहेको महङ्गीले जनता आजित छन् । दूर दराजमा गतिलो सडक छैन, न पुल छन् । सरकारी विद्यालयहरु अव्यवस्थित छन् । स्वास्थ्यसेवा सबै नागरिकको पहुँचमा छैन । तर, सरकार भने कहिले संसद भवन त कहिले भिआइपीको सुविधासम्पन्न निवास शिलान्यास गर्नमा व्यस्त छ । देश र जनताका लागि के कुरा आवश्यक छ वा प्राथमिकतामा केलाई राख्ने भन्ने हेक्का सरकारसँग छैन । शिलान्यास गर्यो, भाषण गर्यो अनि काम नै फत्ते गरेजस्तो गरी प्रस्तुत हुने प्रवृत्ति अहिले मात्रै होइन । तीनै तहका सरकार आफनै सुविधाका लागि केन्द्रीत छन् । प्रधानमन्त्री निवास, संसद भवन र ललितपुरमा आवास गृह शिलन्यासले सरकारको आलोचना थप बढाएको छ । सरकार मुलुक र जनताको सेवा सुविधाभन्दा आ–आफ्नै सेवा सुविधामा केन्द्रित भएर राज्यको ढुकुटी रित्तिरहको छ । दुई तिहाईको सरकार जनताको समस्यामा केन्द्रीत हुने कि आफ्नै सुबिधामा । सरकारको आलोचना गर्नकै लागि होइन जनताको आशा र अपेक्षा बोलिदिएको ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #sarkar
तपाईको कमेन्ट लेख्नुहोस्