कांग्रेसमा जुहारी, अझै सकिएन चुनावका कुरा
काठमाडौं २० भदौ । नेपाली कांग्रेसमा अझै चुनावमा हारेको तीतो अनुभव हराएको छैन् । त्यसैले त अहिले पनि चुनावकै कुरा गरिरहेका छन् नेताहरु । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव पार्टीमा अन्र्तघात गर्नेलाई कुनै हालतमा कारबाही गरिने दाबी गरे । भक्तपुरको बोडेमा शुक्रबाट सुरु काँग्रेसको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले अन्र्तघात गर्नेलाई कारबाही गर्न आफुलाई कसैले रोक्न नसक्ने स्पष्ट पारे । टिकट पाईन भनेर एकले अर्कोलाई हराउन खोजेर काग्रेसका नेताहरुको पराजय भएको उनको भनाई थियो । स्वतन्त्र रुपमा लेख्न र बोल्ने नपाउने देशमा लोकतन्त्र फस्टाउन नसक्ने टिप्पणी गर्दै उहाँले प्रजातन्त्रको लागि नेपाली काँग्रेसले लड्ने बताए । कार्यक्रममा काँग्रेस नेता रामचन्द्र पौडेलले सरकारको गलत कामलाई काँग्रेसले आवाज उठाउन नसकेको बताउदै काग्रेस सही बाटोमा हिडे मात्रै देश सही बाटोमा हिड्ने जिकिर गरे । प्रदेश नं ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिड, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको कांग्रेसले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #paudel deuba
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्