प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किएका छन् । मध्यान्ह प्रधानमन्त्री ओली त्रिभुव अन्तराष्ट्रिय बिमानस्थलमा आइपुगेका हुन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते त्यसतर्फ गएका थिए । यसअघि शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम थियो । तर, स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाई हुँदा आइतबारका लागि सारिएको थियो । आइतबारसम्म पनि रिपोर्ट नआएपछि पुनः आगमन मिति सारेर सोमबारका लागि तय भएको हो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #oli firta
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्