प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किएका छन् । मध्यान्ह प्रधानमन्त्री ओली त्रिभुव अन्तराष्ट्रिय बिमानस्थलमा आइपुगेका हुन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते त्यसतर्फ गएका थिए । यसअघि शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम थियो । तर, स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाई हुँदा आइतबारका लागि सारिएको थियो । आइतबारसम्म पनि रिपोर्ट नआएपछि पुनः आगमन मिति सारेर सोमबारका लागि तय भएको हो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #oli firta
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्