कांग्रेस केन्द्रीय समिति बैठक, सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच चर्काचर्की
काठमाडौं १६ साउन । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक लम्बिने भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचमै महाधिवेशन र पार्टीको अन्तरिम संरचना निर्माणबारे विवाद बढेपछि बैठक समेत लम्बिने देखिएको हो । वरिष्ठ नेता पौडेलले सभापति देउवा महाधिवेशन नगर्ने मनशायमा रहेको आरोप लगाएपछि सभापति देउवा झोक्किएका थिए । दुई नेताबीच आराप प्रत्यारोप चलेपछि बैठकका थप एजेण्डा प्रभावित भएका छन् । महाधिवेशनको ार्यतालिकाकै विवादले बुधबार छलफलका लागि तय भएका अन्य एजेन्डामा प्रवेश गर्न सकिएको छैन । नेता पौडेलले कार्यतालिका नल्याएसम्म अन्य एजेन्डामाथिको छलफलमा आफूहरू सहभागी नहुने बताएपछि आजको बैठक समेत प्रभावित हुने देखिएको छ । चौधवटा एजेन्डा तय गरी कांग्रेस बैठक असार २२ देखि चल्दै आएको छ । तीमध्ये पार्टीको नियमावलीको मस्यौदा, पार्टीको तल्ला तहका अन्तरिम संरचना निर्माण र महाधिवेशनको एजेन्डामाथि मंगलबार छलफल सकिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #congress
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्