किन देखाइयो मन्त्री अर्याललाई कालो झण्डा
काठमाडौं १३ साउन । जहाँ गयो त्यति मन्त्रीलाई कालो झण्डा देखाउने क्रम बढ्दो छ । केही दिनअघि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई कार्यक्रम स्थलबाटै लखेटियो । सरकारले निर्णय गर्ने अनि फिर्ता लिने त्यहि हचुवाको भरमा काम गर्दा मन्त्री तगारो बनिरहेका छन् । सोमबार त्यस्तै भोगिन भूमि ब्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले । भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याललाई कालोझण्डा देखाइएको छ । काठमाडौंको साँखुमा सोमबार मालपोत कार्यालय उद्घाटन गर्न पुगेकी मन्त्री अर्याललाई स्थानीयले नाराबाजी गर्दे कालो झण्डा देखाएका हुन् । साँखु बसपार्कमा कला–संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरका सदस्यहरुले गुठी बिधयेकको खारेजीको माग गर्दै मन्त्री अर्यालको राजिनामा समेत मागे । मन्त्रीलाई कालो झण्डा देखाउने तयारी गरेपछि बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो भने खानतलासी लिएर मात्र सर्वसाधारणलाई उद्घाटन कार्यक्रममा सहभागी गराइए पनि मन्त्रीलाई कालोझण्डा देखाइएको हो । कालोझण्डा देखाउनेक्रमा स्थानीयलाई प्रहरीले धरपकड समेत गरेको थियो । टाउकोमा कालो फेटा बाँधेका प्रदर्शनकारीलाई प्रहरीले गरेको धरपकड हुँदा पनि कालो झण्डा देखाएका हुन् । सरकारले गुठी विधेयक फिर्ता लिएपनि काठमाडौंका नेवार समुदायले सो विधेयक खारेजीको माग राख्दै प्रर्दशन गर्दै आइरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #kalo jhanda
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्