प्रचण्डको खुलासाः प्रधानमन्त्रीको प्रस्ताव आयो
काठमाडौं ७ साउन । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको खुलासा गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टी एकता नगरे आफूलाई प्रधानमन्त्री बनाइदिने आश्वासन आएको खुलसा गरेका हुन । प्रचण्डले पार्टी एकता हुन नदिन प्रतिक्रियावादीहरुका तर्फबाट प्रधानमन्त्री लगायत अन्य अफर आएको दाबी गरे । तर, अफर कसले गरेको हो भन्ने अध्यक्ष प्रचण्डले खुलाएनन् । प्रचण्डले कहिले कसैलाई कहिले कसैलाई प्रधानमन्त्री बन्ने अफर दिएर पार्टी एकता बिथोल्ने ठूलो प्रयास भएको बताए। तर आफूहरु कसैको लोभ लालच र धम्कीको प्रलोभनमा नपरेको जिकिर गरे । उनले पार्टी एकता हुनै सक्दैन, भए पनि टिक्दैन भनेर गरिएको प्रचार जनताले नै झुटो प्रमाणित गरिदिएको बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्