किन पुगे अकस्मात अमेरिकी विदेश मन्त्री इराक

काठमाडौं २५ बैशाख । अमेरिकी बिदेशमन्त्री अकस्मात इराक पुगेका छन् । इरानसँग तनाव बढिरहेका बेला अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले इराकको अकस्मात भ्रमण गरेका छन् । मन्त्री पोम्पेओले बर्लिनको यात्रा रोकेर इराक यात्रा गरेका हुन । उनले बग्दादमा चार घण्टा बिताएर नेताहरुसँग भेटघाट पनि गरे । अमेरिकाले इराकमा लडाकु विमान तैनाथ गरेको केही दिनपछि नै विदेश मन्त्री पोम्पेओको भ्रमण भएको हो । अमेरिकाले इराकमा बी–५२ बम आक्रामक जहाज तैनाथ गरेको मंगलबार थाहा भएको थियो । अमेरिकी सेनालाई चेतावनी आएको भन्दै लडाकु विमान पठाइएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #bidesha
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्