लण्डनमा प्रदर्शन, जनमत संग्रहको माग
काठमाडौं १० चैत । युरोपियन युनियन इयू बाट बाहिरिने विषयमा पुनः जनमत संग्रहको माग गर्दै बेलायतमा प्रदर्शन भएको छ । युरोपियन युनियनबाट बाहिरिनु हुन्ने भन्ने समूहले बेलायती संसद् भवन अगाडि गरेको प्रदर्शनमा हजारौं सहभागी थिए। प्रदर्शनमा सहभागी भएकाहरुले अर्को जनमत संग्रहको माग गरेका छन्। ईयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए। उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्योलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दाबीसहित यस विषयमा पुनः जनमत संग्रहको माग माग गरेका छन्। प्रदर्शनपछि बेलायती संसद्को बाहिरी क्षेत्रमा भेला भएकाहरुलाई स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लण्डनका नगर प्रमुख सादिक खान, प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनलगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा नेताहरुले ब्रेक्जिटको विपक्षमा भएको बृहद् जनप्रदर्शन ऐतिहासिक भएको र यसले उठाएको माग सम्बोधन गर्नुपर्ने बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #hot
ताजा खबर
- १रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- २सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ३बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
- ४यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
- ५गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि



तपाईको कमेन्ट लेख्नुहोस्