बुधबार दिनभर प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौं २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभर अस्पतालमा बिताएका छन् । बिहान उपचारका लागि मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओली साँझ डिस्चार्ज भएका हुन। प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले जानकारी दिए। प्रधानमन्त्री ओलीले दिनभर सीसीयूमा आराम गरेका थिए। केही महिनाअघि अस्पतालमै बसेर उपचार गराइरहेका प्रधानमन्त्री ओली नियमित स्वाथ्य परिक्षण गर्न अस्पताल पुग्ने गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #hot
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्