बुधबार दिनभर प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौं २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभर अस्पतालमा बिताएका छन् । बिहान उपचारका लागि मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओली साँझ डिस्चार्ज भएका हुन। प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले जानकारी दिए। प्रधानमन्त्री ओलीले दिनभर सीसीयूमा आराम गरेका थिए। केही महिनाअघि अस्पतालमै बसेर उपचार गराइरहेका प्रधानमन्त्री ओली नियमित स्वाथ्य परिक्षण गर्न अस्पताल पुग्ने गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #hot
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्