चक्कु देखाएर नतर्साउन प्रधानमन्त्रीको चेतावनी

झापा २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई चक्कु देखाएर नतर्साउन चेतावनी दिएका छन् । उनले कम्युनिस्ट पार्टीको नाममा जनतालाई चक्कु देखाएर तर्साउने काम तत्काल बन्द गर्न आग्रह गरे । ४६ औं सुखानी स्मृति दिवसको अवसरमा मंगलबार झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको नाममा जनतालाई तर्साउने काम गरेको भन्दै बिप्लवलाई संकेत गरे । ‘जनतालाई चक्कु देखाएर थर्काउने काम बन्द गरी आफनो पार्टीमा एकता गर्न आउन आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकारले देशै भरी विकासको माहोल ल्याएको दावी गरे । ‘केही तत्वहरुले जनता भाँड्न सरकारले केही गरेन भने पनि सरकार विकास, निर्माण, सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको समेत बताए । उनले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु नेकपाले पूरा गर्ने दावी गरे । प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको स्मरण गरे । ‘म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें’ प्रधानमन्त्री ओलीले भने ‘हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।’ २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने बाहनामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी गिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्