क्यानडाका प्रधानमन्त्री संकटमा

काठमाडौ २१ फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथिको संकट बढ्दै गइरहेको छ । सरकारले भ्रष्टाचारका सम्बन्धमा गरिरहेको अनुसन्धानमा अविश्वास प्रकट गर्दै प्रभावशाली मन्त्री जेन फिलपोटले राजीनामा दिएपछि ट्रुडोमाथिको संकट बढिरहेको हो । राज्य कोष बोर्डकी अध्यक्ष समेत रहेकी मन्त्री फिलपोटले आफ्नो अन्तर मान्यता, नैतिक जिम्मेवारी र संवैधानिक दायित्वको बोकेर काम गरेको बताएकी छन् । इन्जिनियरिङ्ग फर्म एसएनसी–लाभालिनले गरेको भ्रष्टाचारका सम्बन्धमा भइरहेको अनुसन्धानको पारदर्शितामा फिलपोटले शंका गरेकी छन् । प्रधानमन्त्री ट्रुडोले भने एसएनसीका सम्बन्धमा भइरहेको भ्रष्टाचार मुद्दाको सुनुवाईमा कुनै पनि किसिमको राजनीतिक हस्ताक्षेप नगरिएको बताउँदै आएका छन् । विपक्षी कन्जरभेटिभ पार्टीका सदस्यले गएको साता लिबरल प्रधानमन्त्री ट्रुडोको राजीनामा उल्लेख गरेका थिए । पछिल्लो समय भइरहेका विभिन्न सर्वेक्षणले प्रधानमन्त्री ट्रुडोको चर्चा कम हुँदै गएको देखिएको थियो । क्यानडामा आउँदो अक्टोबरमा चुनाव हुन लागेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- २सञ्चारमाध्यममा आएपछि जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
- ३काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा
- ४असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री
- ५उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ



तपाईको कमेन्ट लेख्नुहोस्