सभापति देउवा एकलौटी अगाडि बढे विशेष महाधिवेशन
विराटनगर १९ फागुन । नेपाली कांग्रेसका नेता नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवा सहमतिका साथ अगाडि नबढे विशेष महाधिवेशन बोलाउन आफूहरूले माग गर्ने दाबी गरेका छन् । विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता केसीले महासमिति सदस्यहरूमध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाउन सकिने बताएका हुन् ।
पार्टीभित्र सहमतिको प्रयास गरिने तर, सहमति नहुने र केन्द्रीय समिति महासमिति बैठकको म्यान्डेट विपरित जाने अवस्था आए आफूहरू विशेष महाधिवेशन बोलाउने तिर जाने उनले बताए। केसीले नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने नत्र कांग्रेस र लोकतन्त्र नै कमजोर हुने जिकिर पनि गरेका छन्। नेता केसीले पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको समापनको अवसरमा दिएको मन्तव्य विपरित विधान जारी गरिएको भन्दै आफ्नो असहमति रहेको पनि बताए। उनले वर्तमान सरकारले मुखले प्रजातन्त्र भने पनि व्यवहार र मानिसकता जनवादी केन्द्रीयता लाद्ने प्रयास भइरहेकोले कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिए। कांग्रेसले ४ वर्षपछि हुने अर्को निर्वाचनमा कसरी ठूलो पार्टी हुने भन्ने विषयमा मिसन बनाएर अगाडि बढ्नु आवश्यक रहेको उनले बताए।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्