घुस प्रकरणमा न्यायाधीश तानिए
काठमाडौं – मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायधीश बाबुकाजी बानियाँ न्यायपरिद्मा तानिएका छन् ।
माघ १७ गते पाँच लाख नगद घुससहित पक्राउ परेका जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले घुस लेनदेनमा न्यायाधीशको पनि हात रहेको बयान दिएपछि उनी न्याय परिषद्मा तानिएका हुन् ।
चालिसेले बयानमा न्यायाधीश बानियाँको नाम पोलेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको निर्देशनमा न्यायपरिषद्ले बानियाँलाई माघ २४ गते बिहिबार न्याय परिषद्मा तानेको हो ।
माघ २३ गते निर्णय गरेको भएपनि बानियाँलाई काज भत्ता नपाउने गरी न्याय परिषद्मा छानबिनका लागि तानिएको बताइएको छ । यद्यपी बानियाँमाथि छानबिन भएपछि मात्र उजुरी वास्तविक हो वा पूर्वाग्रही भनेर तथ्य खुल्ने बताइएको छ ।
यसअघि ललितपुर जिल्ला अदालतका तत्कालिन प्रमुख न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँका मुख्य न्यायाधीश ओमकार उपाध्यायमाथि छानविनका लागि परिषदले सर्वोच्च अदालतका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
यस्तै सर्लाहीका प्रमुख न्यायाधीश राजेश काफ्ले र भक्तपुरका प्रमुख न्यायाधीश मोहम्मद जुनेद आलमलाई सातदिने स्पष्टीकरण सोधिएको छ । प्रधानन्यायाधीश राणा नेतृत्वको परिषदले हालसम्म उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा। कुलरत्न भुर्तेलसहित दश न्यायाधीशलाई काजमा तानिसकेको छ । यो खबर आजको समाचारपत्रमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्