लागिहेछ यस्तो किन ?
यौटा सागर छल्कुँझैँ छलछली नाघी किनारा दुवै
अग्लूँ पर्वतझैँ छु आज किन होरुउत्पात मच्चाउँदै ।
पन्छी प्वाँख भएर उच्च चुचुरा छोपी उडूँझैँ छु म
पाखाको रमिता म यान नभको घुम्दै लिऊँझैँ छु म ।।
सारै स्वच्छ सफा सफा मनभरी उक्लेर अग्लाइँमा
हेर्दै दीन दुखी सँगै वहिरहूँ सिञ्चेर पग्लाइमा१
पग्लूँ प्रेम भरेर शीतल बनी पीडा दुखेका सँग
पट्टी बाँध्न सकूँ सकूँ सहजले बन्दै झरी झम्झम ।।
पर्ती सिँच्न तयार सागर विना आवाजमा बग्छु म
मेरो धैर्य धरा गरा धमनिमा टाँसेर अग्लन्छु म ।
छैनन् गोप्य कतै कतै चिसिनुमा तातो न यो ग्रीष्मको
छर्दै उठ्न सकूँ वहार समको यो शारदी सौम्यको ।।
वासन्ती वयझैँ वहार म बनूँ खिप्दै नयाँ सिर्जना
कैल्यै बाढ नहोस् र ग्रीष्म अझ यो सुक्ने कतै चाहना ।
चौडा चाप नहुन् असाध्य कहिल्यै पीडा नहुन् क्यै अझ
आफ्ना ठान्न तयार क्यै जगतमा छाया नहोस् दिग्गज ।।
गर्भाधान भयो सुटुक्क जसरी जन्मेँ मूच्याहाूँगरी
हुर्कें रङ्गबिरङ्ग अन्ध पछुतो मान्दै म नाना थरी ।
पर्दा आज म चेत्न क्यै सफलमा निस्कें निराकारमै
विद्रोही अझ बन्न सक्छु सजिलै दौडेर आकारमै ।।
छन्दः शार्दूलबिक्रीडित
क्याटेगोरी : जीवनशैली, सामाजिक सञ्जाल, साहित्य
ट्याग : #कलानिधि दाहाल, #लागिहेछ यस्तो किन
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्