Techie IT
  • २५ जेठ २०८३, सोमबार
KhojPatrika

२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की


काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जिर्ण अवस्थामा रहेको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले जिर्ण रहेको प्रहरी चौकीको पुनर्निर्माणका लागि बजेट नभएको बताए ।

महानिरीक्षक कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको बताए । चौकी नै लडेर केही दुर्घटना होला कि भन्ने चिन्ता रहेको उनको भनाई छ ।

अस्थायी चौकीहरूको कति जिर्ण छन् भन्ने यकिन हिसाब नै नरहेको उनले बताए । संघीय मामिला तथा स्थानीय तहको समन्वयमा जिर्ण चौकीहरूको निर्माण हुनसके प्रहरी कर्मचारीहरूले ड्युटीपछि न्युनतम मानवीय सुविधा पाउने अवस्था सिर्जना हुने उनको भनाई छ ।

उनले भने, ‘अहिले सिमावर्ती क्षेत्रका र संबेदनशिल ठाउँका चौकीहरु पनि भत्किने जिर्ण अवस्थाका छन् । चौकी नै लडेर केहि होला कि भन्ने चिन्ता गर्नु पर्ने अवस्थाका छन् । हामीले अहिले २ सय ६३ वटा जिर्ण स्थायी चौकीहरुको जिर्ण भएका छन्, अस्थायीको त हिसावै भएन । जिर्ण भएका चौकीहरुको संघीय मामिला अन्तर्गत स्थानीय तहबाटै बन्ने स्थिति सिर्जना भइदियो भने हाम्रा मान्छेहरु दिनभर ड्युटी गरेपछि बेलुकी एकछिन आम नागरिक जस्तै मानविय रुपमा स्वभाबिक किसिमले बस्न पाउँछन् की भन्ने अपेक्षा छ ।

अस्थायी प्रहरी चौकी माग भएपछि हामीले एकदमै संवेदनशिल भएर जरुरी भएको ठाउँमा हामीले राख्ने गरेको छ । प्रहरीको उपस्तिथित भइदिएमा राज्यको उपस्तिथित पनि हुन्छ तर त्यहाँ भूगोलको कुरा पनि छ । अहिले संवेदनशी क्षेत्रमा अस्थायी रुपमा प्रहरी छ । तर अस्थायी किसिमको व्यवस्थाले स्थायी अवस्था सिर्जना नगर्ने हुनाले अस्थायीलाई अलि व्यवस्थित गर्नु पर्छ । त्यसको लागी बजेट चाहिन्छ, बजेटले नै भवन संरचना देखि लिएर लजिस्टिक सबै कुराको व्यवस्थापन गर्ने हो ।’


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं