अमेरिकी राष्ट्रपति बाइडेन भन्छन् अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णयमा कुनै पश्चाताप छैन्
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बिडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णयमा आफूलाई कुनै पश्चाताप नभएको स्पष्ट पारेका छन । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले अमेरिकी र नाटो सेना फिर्तासंगै अफगानिस्तानमा द्वन्द्व चर्किएपनि आफूलाई सेना फिर्ता गरेकोमा कुनै दुःख नभएको बताए ।
उनले अब अफगानी नेताहरुले एकजुट भएर आफनो राष्ट्रका लागि लड्नुपर्ने पनि बताए । विद्रोही तालिबानले देशको ३४ प्रान्तीय राजधानी मध्ये कम्तीमा आठ राज्य कब्जा गरेको छ । छिटो भन्दा छिटो अन्य राज्यमा पनि कब्जा जमाउने धम्की तालिवानले दिइरहेको छ । अमेरिकाले अफगानिस्तानलाई दिएका सबै प्रतिबद्धताहरु पूरा गरिरहेको बाइडेनको भनाइ छ ।
हवाई सहयोग, सैन्य तलब र अफगान सेनालाई खाना र उपकरणको आपूर्तीमा अमेरिकी सहयोग जारी रहेको उनले बताए । विद्रोहीसंग भने अफगान सेना आफै लड्नुपर्ने उनको भनाइ छ ।
क्याटेगोरी : विदेश
ट्याग : #अमेरिकी राष्ट्रपति जो बिडेन
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्