अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटे बेलायती महारानीलाई
काठमाडौं २१ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ब्रिटेनको तीन दिवसीय भ्रमणका क्रममा महारानी एलिजाबेथसँग भेटवार्ता गरेका छन् । भ्रमणको सुरुवातमा राष्ट्रपति ट्रम्पले महारानी एलिजाबेथसँग भेटघाट गरेका छन् । यतिबेला ट्रम्पकी श्रीमती मेलानिया ट्रम्प पनि उनीसँगै थिइन् । डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पलाई बकिंघम प्यालेसमा औपचारिक स्वागत गरियो । राष्ट्रपति ट्रम्पले भेटबारे ट्वीट गरेर जानकारी दिएका थिए । उनले लेखे, ‘पूरा शाही परिवार उत्कृष्ट छन् र अमेरिका ब्रिटेनको सम्बन्ध निकै बलियो छ । अन्य एक ट्वीटमा ट्रम्पले दुई देशबीच व्यापारसँग जोडिएको एउटा ठूलो सम्झौता हुनसक्ने सम्भावना रहेको दाबी गरेका छन् । डोनल्ड ट्रम्प र मेलानियाको स्वागतमा आयोजित लञ्चमा विभिन्न प्रकारको परिकार बनाइएको थियो । यतिबेला प्रिन्स चार्ल्सको पनि उपस्थिती थियो ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #tramp
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्