अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटे बेलायती महारानीलाई
काठमाडौं २१ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ब्रिटेनको तीन दिवसीय भ्रमणका क्रममा महारानी एलिजाबेथसँग भेटवार्ता गरेका छन् । भ्रमणको सुरुवातमा राष्ट्रपति ट्रम्पले महारानी एलिजाबेथसँग भेटघाट गरेका छन् । यतिबेला ट्रम्पकी श्रीमती मेलानिया ट्रम्प पनि उनीसँगै थिइन् । डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पलाई बकिंघम प्यालेसमा औपचारिक स्वागत गरियो । राष्ट्रपति ट्रम्पले भेटबारे ट्वीट गरेर जानकारी दिएका थिए । उनले लेखे, ‘पूरा शाही परिवार उत्कृष्ट छन् र अमेरिका ब्रिटेनको सम्बन्ध निकै बलियो छ । अन्य एक ट्वीटमा ट्रम्पले दुई देशबीच व्यापारसँग जोडिएको एउटा ठूलो सम्झौता हुनसक्ने सम्भावना रहेको दाबी गरेका छन् । डोनल्ड ट्रम्प र मेलानियाको स्वागतमा आयोजित लञ्चमा विभिन्न प्रकारको परिकार बनाइएको थियो । यतिबेला प्रिन्स चार्ल्सको पनि उपस्थिती थियो ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #tramp
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्