सहकारी बैंकका कर्मचारीहरूलाई निरन्तर क्षमता अभिवृद्धि तालिम प्रदान
काठमाडौं । राष्ट्रिय सहकारी बैक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई निरन्तर क्षमता अभिवृद्धि तालिम प्रदान गरेकोे छ । काठमाडौँमा चैत्र १७ गते देखि आयोजना गरिएको २ दिवसीय तालिममा बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा कार्यरत सहायक स्तरका २५ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिम समापनको अवसरमा सनिबार आयेजित कार्यक्रममा बोल्दै बैंकका नायब महाप्रबन्धक राजेश श्रेष्ठले कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी बैंकको साख र गरीमा वृद्धिमा कर्मचारीहरूलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियुक्त सेवा सञ्चालनका लागि कर्मचारीहरूलाई दक्ष बनाउने उद्देश्यले बैंकले तालिम सञ्चालन गरेको दाबी गरे ।
तालीममा सहभागीहरूलाई नायब महाप्रबन्धक श्रेष्ठले प्रमाण पत्र वितरण गरेका थिए । तालिमको पहिलो दिन उत्कृष्टता सदस्य सेवा, कागजात तथा जालसाजी र जाली मुद्राको प्रमाणीकरणको विषयमा मुकुल प्रधान र ज्ञानेन्द्र कार्कीले र दोस्रो दिन बैंकका सूचना सुरक्षा अधिकृत विपुल गौतमले साइबर सुरक्षाको विषयमा प्रस्तुतीकरण दिएका थिए । समापन कार्यक्रमको सञ्चालन बैंकका वरिष्ठ अधिकृत मिना कुमारी शर्माले गरेकी थिइन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्