लोक गायिका भुमिका गिरीले गरिन अनाथलाई सहयोग

काठमाडौं । पछिल्लो समय जन्मदिनलाई तडक भडकका रुपमा मनाउने गर्दछन् । जन्मदिनमा बिभिन्न तारे होटेलहरुमा मनाउने र धेरै खर्च गर्ने चलनलाई तोड्दै आएकी लोक गायिका भुमिका गिरीले आफ्नो जन्मदिनमा त अनाथलाई सहयोग गर्दै आएकी थिइन । तर, यसपाली भने भर्खरै सल्यानका हिजन बिष्टसँग बिवाह गरेकी भुमिकाले आफ्नो श्रीमानको जन्मदिनको अवसरमा अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गरेकी छन् ।
काठमाण्डौंमा रहेको स्नेहा अनाथ आश्रमाा रहेका बालवालिकालाई दाल, चामल, चिउरा, खाजाको लागी सामाग्री, साबुन स्याम्पोहरु लगाएतका सामाग्री सहयोग गरेकी छन् । भुमिकाले कलाकार इक्कु सुर्यमान शंकरले संचालन गरेको सो आश्रममा सँधै जसो गएर सहयोग गर्दै आएकी थिइन ।
यस पटक भने आफ्नो श्रीमानको जन्मदिनको अवसरमा सहयोग गरेकी हुन् । जन्मदिनमा गरिने खर्च अनाथ र साहाराबिहिनलाई सहयोग गर्दा राम्रो हुने भएकोले सँधैजसो आफ्नो जन्मदिनमा सहयोग गर्दै आएको उनले बताइन् । यसपटक भने श्रीमान हिजनको जन्मदिनको अवसरमा पनि ति बालबालिकालाई सहयोग गरेको भुमिकाले बताइन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, सामाजिक सञ्जाल, साहित्य
ट्याग : #तडक भडक, #भुमिका गिरी, #लोक गायिका
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्