काभ्रेको बेथान्चोक गाउँपालिकामा बस दुर्घटना,१८ जनाको मृत्यु,२५ जना घाइते
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा मंगलबार साँझ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेशथानको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरको रिभर्ज बस दुर्घटना भएको थियो ।
अहिलेसम्म १८ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बनेपा नगरपालिका ११ सल्लेबाट विहेका लागि गएको जन्ति बस दुर्घटना भएको बताइएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #काभ्रेको बेथान्चोक
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्