काभ्रेको बेथान्चोक गाउँपालिकामा बस दुर्घटना,१८ जनाको मृत्यु,२५ जना घाइते
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा मंगलबार साँझ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेशथानको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरको रिभर्ज बस दुर्घटना भएको थियो ।
अहिलेसम्म १८ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बनेपा नगरपालिका ११ सल्लेबाट विहेका लागि गएको जन्ति बस दुर्घटना भएको बताइएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #काभ्रेको बेथान्चोक
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्