बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि विहान न्यूरो अस्पताल भर्ना गरिएका प्रधानको बिहिबार दिउँसो निधन भएको हो ।
८४ बर्ष अघि सिन्धुपाल्चोकमा जन्मिनु भएका प्रधानका घुम्तीमा न आऊ है, पर लैजाऊ फूलहरु,नमन लाज यसरि,गोरेटो त्यो गाउँको,राजमती कुमति लगायत थुप्रै गीतहरु सर्वप्रिय छन् । यी गितहरुले पनि प्रधानलाई मृत्युपछि समेत अमर बनाउने छन् ।
बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै साङ्गितिक माहोल थियो। उनका जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्ने श्रष्टाहरु थिए।
प्रधानको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो। यसैको प्रभाव प्रेमध्वजमा परेको कतिपय श्रष्टाहरुले बताउने गरेका छन् । संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले प्रेमध्वज प्रधानको निधनबाट नेपाली कला संगित क्षेत्रले अपुरणिय क्षती ब्यहोर्नुपरेको बताए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, साहित्य
ट्याग : #प्रेमध्वज प्रधान
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्