Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

बेमौसमी खेती गर्न पाउँदा किसान खुसी


शिवु खनाल

दाङ २४ चैत । जनप्रतिनिधि आएपछि दाङको लमही नगररपालिका ७ कप्तानगंञ र सोही वडा स्थित वनघुस्री खुटिदुई वटा समुहका व्यवसायिक किसानहरुले पम्पसेट बाट सिचाँई सुरु गरेका छन् । जनप्रतिनिधि निर्वाचित भइ आए लगतै लमही नगररपालिका ७ कप्तानगंञ र सोही वडा स्थित वनघुस्री खुटिदुई वटा समुहका व्यवसायिक किसानहरुले पम्पसेटबाट सिचाँई सुरु गरेको लमही नगरपालिका ७ कप्तानजंञ्ज निवासी किसान विष्णुमाया घर्तिले बताए । घर्तिले १५ कठ्ठा जग्गामा धान, गहुँ, मसुरो, मकै र चना लगाएत अन्य खेति गर्दे आएकी छिन । गाउँमा पहिले सिचाँई नहुदा खेती गर्न गाह्रो हुन्थ्यो, कहिले आकाशे पानीको भरमा त, कहिले घण्टाको दुई सय रुपैँया भाँडामा तिरेर पम्पसेट लिएर खेती अवस्था थियो । जनप्रतिनिधिले सिचाईमा ध्यान दिएपछि समस्या हटेको छ । लमही नगरपालिकाले ८५ प्रतिशत अनुदानमा पम्पसेट वितरण गरेर दुई गाउँकै किसानको मुहार फेरीएको छ । नगरपालिका ७ वनधुस्ररी खुटिका गिर्धारीलाल चौधरीले पनि ७ कठ्ठा जग्गामा खेती गर्दै आएका छन् । वनधुस्रीमा रहेका ३० घरधुरीले सिचाँईको लाभ लिन पाएका छन् । सिचाईको सुविधा भएलगत्तै मौसमी र बेमौसमी दुबै खेति गर्न पाएका छन् । पहिले पम्पसेट बाट सिचाई नहुदा दुई महिना खान पुग्दैनथ्यो । नगरपालिको कृषि विकास शाखाले साना सिचाँई अन्र्तगत पर्ने कार्यक्रम मार्फत दुईवटा कृषक समुहलाई ८५ प्रतिशत अनुदानमा पम्पसेट वितरण गरेको लमही नगरपालिका कृषि विकास उप शाखाको कृषि प्राविधिक गंगा चौधरीले जानकारी दिइन । यस्तै किसानहरुको उत्पादन बृद्धि गराउन पम्पसेट वितरण गरेको लमही नगरपालिका नगर उपप्रमुख देबका बेल्वासेले बताइन ।


क्याटेगोरी : अर्थ, खेती किसानी, देश/दुनियाँ
ट्याग : #kisan

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं