बेमौसमी खेती गर्न पाउँदा किसान खुसी
शिवु खनाल
दाङ २४ चैत । जनप्रतिनिधि आएपछि दाङको लमही नगररपालिका ७ कप्तानगंञ र सोही वडा स्थित वनघुस्री खुटिदुई वटा समुहका व्यवसायिक किसानहरुले पम्पसेट बाट सिचाँई सुरु गरेका छन् । जनप्रतिनिधि निर्वाचित भइ आए लगतै लमही नगररपालिका ७ कप्तानगंञ र सोही वडा स्थित वनघुस्री खुटिदुई वटा समुहका व्यवसायिक किसानहरुले पम्पसेटबाट सिचाँई सुरु गरेको लमही नगरपालिका ७ कप्तानजंञ्ज निवासी किसान विष्णुमाया घर्तिले बताए । घर्तिले १५ कठ्ठा जग्गामा धान, गहुँ, मसुरो, मकै र चना लगाएत अन्य खेति गर्दे आएकी छिन । गाउँमा पहिले सिचाँई नहुदा खेती गर्न गाह्रो हुन्थ्यो, कहिले आकाशे पानीको भरमा त, कहिले घण्टाको दुई सय रुपैँया भाँडामा तिरेर पम्पसेट लिएर खेती अवस्था थियो । जनप्रतिनिधिले सिचाईमा ध्यान दिएपछि समस्या हटेको छ । लमही नगरपालिकाले ८५ प्रतिशत अनुदानमा पम्पसेट वितरण गरेर दुई गाउँकै किसानको मुहार फेरीएको छ । नगरपालिका ७ वनधुस्ररी खुटिका गिर्धारीलाल चौधरीले पनि ७ कठ्ठा जग्गामा खेती गर्दै आएका छन् । वनधुस्रीमा रहेका ३० घरधुरीले सिचाँईको लाभ लिन पाएका छन् । सिचाईको सुविधा भएलगत्तै मौसमी र बेमौसमी दुबै खेति गर्न पाएका छन् । पहिले पम्पसेट बाट सिचाई नहुदा दुई महिना खान पुग्दैनथ्यो । नगरपालिको कृषि विकास शाखाले साना सिचाँई अन्र्तगत पर्ने कार्यक्रम मार्फत दुईवटा कृषक समुहलाई ८५ प्रतिशत अनुदानमा पम्पसेट वितरण गरेको लमही नगरपालिका कृषि विकास उप शाखाको कृषि प्राविधिक गंगा चौधरीले जानकारी दिइन । यस्तै किसानहरुको उत्पादन बृद्धि गराउन पम्पसेट वितरण गरेको लमही नगरपालिका नगर उपप्रमुख देबका बेल्वासेले बताइन ।
क्याटेगोरी : अर्थ, खेती किसानी, देश/दुनियाँ
ट्याग : #kisan
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्