Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

देशभरको मौसम बदली, पानी पर्ने सम्भावना


काठमाडौँ १६ चैत । देशका अधिकांश क्षेत्रको मौसम शनिबार बदली भएको छ । पूर्व र मध्य क्षेत्रमा सामान्य बदली हुने र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्यका केही क्षेत्रमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना छ । यस्तै पश्चिमका थोरै ठाउँमा केहीबेर पानी पर्ने देखिएको मौसमविदले बताएका छन् । उच्च पहाडी क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बादल लागेको छ । उपत्यकामा पनि पानी पर्ने देखिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं