पल शाहले सार्वजनिक गरे आफूलाई फसाउने दुर्गेशसहितको नाम,षडयन्त्रको अडियो बाहिरियो
काठमाडौं । नायक पल शाहले आफुलाई फसाउन प्रयोग भएको अडियो सार्वजनिक गरेका छन् । उनले दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी र सम्राट चौलागाईले आफूलाई फसाउन षडयन्त्र गरेको आरोप लगाएका छन् ।
६ वटा पार्टमा उनीहरुबीच भएको अडियो समेत सार्वजनिक पलले गरेका छन् । उनले सामाजिक सञ्जालमा आफु बिरुद्ध समिक्षा अधिकारी प्रयोग गरेको जिकिर गरेका छन् ।अडियोमा एक करोडसम्म बार्गेनिङ भएको समेत भेटिएको छ ।
यस्तो छ पलको स्टाट्स
नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्योू , हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१.साथी दुर्गेश थापा
२.ठुल्दाई सरोज ओलि
३.भाई कृष्ण जोशी
४.सम्राट चौलागाई
अडियो
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अडियो, #दुर्गेश थापा, #नायक पल शाह
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्