Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

बतास ग्रुपका अध्यक्ष आनन्दराज बतास भन्छन् म केपी ओलीको ज्वाँई (भिडियो सहित)

देउवाको नजिकको मान्छे


काठमाडौं । देशका अधिकांश क्षेत्रमा रहेका सरकारी सम्पत्ती तथा पुरातात्विक महत्वका सम्पदामाथि गिद्धे नजर लगाएको समूह हो बतास । बतासले गरेका कर्तुत श्रृखलाबद्ध रुपमा बाहिरिरहेका छन् । तर, एकबर्ष अघि नै पशुपति धर्मशाला लिजमा लिदा नै प्राइम टेलिभिजन एचडीको जनताको इजलासले बतास ग्रुपमाथि प्रश्न उठाएको थियो । पशुपति धर्मशालालाई ब्यापारीक थलो बनाउन लागेको बिषय हामीले उठान गर्दा अन्य क्षेत्रमा समेत बतास ग्रुपले कब्जा गर्ने रणनिति लिएको सार्वजनिक गरेका थियौं । बिगतमा यति, ओम्नी जस्तै यतिबेला बतास समूहको नाम सरकारी सम्पत्ती कौडीको भाउमा लिएको र लिइरहेका घटना बाहिरिरहेका छन् । आफुमाथि उठेका प्रश्नबारे कुनै पनि सञ्चारमाध्यम होस् या उसको आधिकारिक धारणा बाहिर आउन सकेको छैन् । को होलान आनन्दराज बतास । जसले राजनीतिक साँठगाँठमा देशभरका सरकारी सम्पत्तीमा रजाँई गरिरहेका छन् । यहि प्रश्न बोकेर हामी बिहिबार टंगालस्थित कार्यालयमा पुग्यौं ।

मन्दिरकै जग्गामा भवन बनाइरहेका र कार्यालय पनि सञ्चालन गरिरहेका आनन्दराज बतासलाई भेट्न हामीले प्रयास गरिउ । अहिलेसम्म गुमनाम बनेर भित्रभित्रै राजनीतिक साँठगाँठ गर्न माहिर बतास ग्रुपका अध्यक्ष आनन्दराज बतास भवनको माथिल्लो तलामा बसिरहेका थिए । सुरक्षागार्डको अनुमतिपछि हामी बतासलाई भेट्न उनको कार्यकक्षको छेउमै रहेको वटिङ रुममा प्रतिक्षा गरिउ । बतासले उनीसँगै साझेदार रहेका एक ब्यक्तीलाई हामीलाई बुझन पठाए त्यो पनि फरक पहिचानसँगै । तर, हामीले बतासबारे उब्जिएका अनेकौं प्रश्न छन् भनेपछि आइपुगे आनन्दराज बतास । हामीलाई थाहा थियो गुमनाम बसेर राजनीतिक शक्ति आर्जन गरेका बतास हाम्रो क्यामरामा बोल्न तयार हुँदैनन् भन्ने । किनकि बतासले अन्र्तवार्ता र कुनै खण्डन नै अहिलेसम्म निकालेका छैनन् । त्यहि भएर हामीले बतास ग्रुपका अध्यक्ष आनन्दराज बतासका भनाई स्टिङ गर्न थाल्यौं । सेतो लामो दारी फुलेका बतास सुरुमै हामीसँग कड्कीए ।

नारायणहिटी दरबारमा टेन्टर निकाल्यो मैले हाले अनि पाए । धर्मशाला पनि त्यहि हो फिर्ता लैजाओस मलाई चाहिदैन । कतिबेला हास्दै त कतिबेला चर्को स्वरमा दम्भका साथ बतास बोलिरहेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई पटक समानुपातिक सांसद अफर गरिसके । तर, म खादैन भन्दिए । देउवासँग मेरो सम्बन्ध धेरै नजिक छ । अहिले मिडियामा त सानो न्युज हो । त्यतिमात्रै होइन हामीले बतासलाई सोध्यौ । आरजु राणालाई एडभाइजर राख्नुभएको रहेछ नी ? आरजु राणाले म कुनै कम्पनीमा आवद्ध छैन् भन्दै बिज्ञप्ती प्रकाशित गर्दा बतास ग्रुपसँग जोडियो यो भनाई नै अध्यक्षबाटै सुनियो ।

बतासले भाबुक हुँदै भने देशका राजनीतिक दलका नेताहरुबाट म पिडित मान्छे हुँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै सरकारबाट बढी फाइदा लिनुभएछ नी भन्ने हाम्रो प्रश्नमा बतासले भने ओलीको म ज्वाई नाता पर्छ । नाता पर्ने भएपनि उनीले ओलीसँग चारबर्षदेखि भेटेका छैनन् अरे । तर, प्रधानमन्त्री देउवा नजिकै भएकोले उनको आउजाउ बालुवाटारमा चलिरहेकै छ । टेण्डर पार्नको लागि विभिन्न सेटिङ गर्नुहुन्छ नि ? भन्ने हाम्रो प्रश्नमा उनले सेटिङ् बिना त केही पनि हुँदैन नी तपाईले मलाई यस्तो प्रश्न पनि सोध्ने भन्दै जवाफ फर्काए ।

अझ रोचक कुरा त बतासले बालुवाटारको ललिता निवासको जग्गा नै किन्न तम्सीएका रहेछन् । जग्गा हेर्नेदेखि किन्ने कुरा भएको रहेछ । तर, बतासले आफुलाई भाग्यले बचाएको नत्र भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङ भन्दा पहिला आफनो नाम आउने थियो भन्दै खुलासा गरे । बतास ग्रुपका अध्यक्ष बतास हाम्रो कुराकानीका क्रममा पटक–पटक दोहोर्याएको कुरा हो मलाई यो सरकारी सम्पत्ति चाहिएन । फिर्ता लिओस न त । मेरो खर्च पैसा तिरिदिओस् । उनीले हामीसँग केही ब्यक्तीगत र संस्थागत कुरा पनि हाम्रो स्टिङ अप्रेशनमा बोलेका छन् । तर, त्यो हामीले सुरक्षित राखेका छौं ।

हामीले पटक पटक संस्थाको आधिकारिक धारणा क्यामरामै बोलिदिन आग्रह गरिउ । तर, उनीले मानेनन् । बरु आफुले भनेको भनाईलाई नै आधार मानेर समाचार लेख्नुहोस् भन्ने जवाफ उनीले दिए । सर्वत्र चासोमा रहेका ब्यक्ती त्यो पनि सञ्चारमाध्यममा पहिलो हेडलाइन बनिरहेका बतासको साँठगाँठ र राजनीतिक पहुँच उनीकै बोलीबाट दर्शकमाझ स्टिङ मार्फत पस्कनैपर्ने देख्यौं ।

मिडियामा खासै बोल्न नरुचाने बतास पोखराका स्थानिय हुन । बतास अर्गनाइजेसन मार्फत दर्जनौ क्षेत्रमा लगानी गरेका बतास एकाएक अर्बौका मालिक कसरी बने अनी आखिर को हुन त आनन्दराज बतास भन्ने प्रश्न सबैको जिज्ञासाको बिषय बनेको छ । उनको बतास अर्गनाइजेसनमा अहिले ११ सय कर्मचारी छन । ताकी उनले यो अवस्थामा आउन २०४१ देखी नै मेहनत भने गरे । सुरुमा २०४१ सालमा नेपाल बैंकबाट ५६ हजार रिण लिएर उनले आफ्नो ब्यवसाय सुरु गरेका हुन । पछी फेरी ७ लाख लोन लिएर होटल आनन्द खोलेका थिए । बतास अर्गनाइजेसन र बतास फाउण्डेसनका अध्यक्षसमेत रहेका उद्यमी बतासले आफू १६ वर्ष उमेरको हुँदा धनी बन्नकै लागि व्यवसाय सुरु गरेका थिए ।

फेन्सी, किराना, पीसीओ लगायतका व्यवसाय पनि उनले गरेका थिए । तर, त्यसबाट मात्र धनी बन्ने आफ्नो सपना पुरा नहुने देखिपछी बतास अर्गनाइजेसन नै बनाएर विभिन्न राजनीतिक दलको साथ र सपोर्ट लिन थाले । जसले गर्दा सरकारी सम्पत्तीलाई कौडिको भाउमा उनले हात परेका छन । र यो प्रकृया अझै पनि जारी राखेका छन । बतास अर्गनाइजेसन अन्तर्गत दर्जनौ कम्पनी चलाएका बतासले पञ्चमुखी विद्यालय दुलेगौंडा र गण्डकी बोर्डिङ स्कुलमा अध्ययन गरेका थिए । आफुलाई शिवभक्त भनेर दाबी गर्ने बतासले आफुलाई भेट्न पुगेका केहीलाई भागवतगिताको पुस्तक उपहार दिने गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आनन्दराज बतास, #कौडीको भाउ, #बतास समूह

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं