गण्डकीमा नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बन्ने निश्चित,दीपक मनाङेको गठबन्धनलाई साथ
काठमाडौं । गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले बहुमत पुर्याएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । वैकल्पिक सरकारको नेतृत्व लिन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल बन्ने निश्चित भएको छ ।
कांग्रेससहित माओवादी, जसपा र जनमोर्चाको समर्थन उनलाई छ । स्वतन्त्र संसद दीपक मनाङेले पनि हिजो पदबाट राजीनामा दिँदे विपक्षी गठवन्धनमा लागेका छन् । उनको समर्थनसँगै कृष्णचन्द्रको पक्षमा बहुमत जुटेको छ । हिजो भएको मतदानमा सरकारको पक्षमा २७ र विपक्षमा ३० भोट परेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । हिजोको मतदानको आँकडाका आधारमा विपक्षी गठबन्धनलाई बहुमतमा लागि १ मत अपुग देखिएको थियो ।
मनाङेको समर्थनसँगै त्यो सुनिश्चित भएको हो । नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए । २००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #गण्डकीमा नयाँ सरकार, #विपक्षी गठवन्धन
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्