कोरोनाको तेस्रो र चौथो लहरको खतरा, बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन पत्राचार
काठमाडौं । सरकारले कोरोना महमारीको तेस्रो र चौथो लहर आउन सक्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।
सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको छ । अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ ।
दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी सो समुदाय लक्षित रहेकाले बालवालिकालाई सुरक्षित गराउन तेस्रो र चौथो लहर आउनुअघिनै सरकारले सजगता अपनाउन थालेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #बालबालिका बढी संक्रमित, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद




तपाईको कमेन्ट लेख्नुहोस्