प्रधानमन्त्री ओली मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा, जसपादेखि राप्रपासम्मलाई फकाउदै

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा मुलुकको प्रतिनीधि सभा विघटन भइसकेको छ । आगामी कार्तिक र मंसिरमा हुने गरी आमनिर्वाचनको मिती पनि घोषणा गरीएको छ । प्रतिनीधि सभा विघटन र आम निर्वाचनको कामचलाउ हैसियतमा पुगेको वर्तमान ओली सरकारले भने मन्त्रीमण्डल विस्तारको तयारी थालेको छ । यसका प्रधानमन्त्री ओलीले जसपाको महन्थ–राजेन्द्र समुह र राप्रपा संग निरन्तर संवाद गरीरहेको छ ।
८ मन्त्रालय र २ राज्यमन्त्री सहीत जसपाको महन्थ–राजेन्द्र समुहले त्यस्तै केही महत्वपुर्ण मन्त्रालय सहित राप्रपाले सरकारमा जाने तयारी गरेको बुझिन्छ । कामचलाउ हैसीयतको चुनावी सरकारका प्रधानमन्त्रीले मनलाग्दी ढंगले मन्त्रीपरीषद विस्तार गर्नु लोकतान्त्रीक मान्यता विपरीत भएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाई छ । कोरोना संकटमा चुस्त दुरुस्त तरीकारीले काम गर्नुपर्नेमा राजनीतिक स्वार्थको लागी जम्बो मन्त्रीमण्डल बनाउँन खाजेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको छ ।
महामारीमा आमजनताले अस्पतालमा बेड र अक्सिजन सिलिण्डर नपाएर ज्यान गुमाईरहेको बेला ओली सरकार आफ्नो दायीत्व बिर्सेर मन्त्रीमण्डल विस्तारमा लागेको आरोप विपक्षी दलहरुले लगाईरहेका छन । तर, सत्तारुढ पार्टीका नेताहरु सरकार गैरजीम्मेवार भएको र अलोकतान्त्रीक तरीकाले चलीरहेको भन्ने विपक्षी दहरुको आरोपलाई स्वीकार्न तयार छैन्न । सरकारलाई आफ्नो जीम्मेवारी रामा्रेसंग ज्ञात रहेको नेकपा नेता खगराज अधिकारीको भनाई छ ।
मन्त्रीमण्डल विस्तार अहिलेको आवश्यकता भएको उनले दाबी गरे । मुलुक कोरोना महामारीले आक्रान्त बनीरहेको र संसद विघटन भई आमचुनाव घोषणा भईसकेको बेला मन्त्रीमण्डल बिस्तार गर्नु कुनै पनि कोणबाट उचित देखिदैन । तर। ओली सरकार भने मन्त्रीमण्डल बिस्तार अहिलेको आवश्यक्ता भएको तर्क गरीरहेको छ । जसको क्षती सत्तारुढ पार्टीले आगामी चुनावमा ब्यहोर्नु पर्ने निश्चत छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #मन्त्रीमण्डल, #राष्ट्रपति विद्यादेवी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्