विपक्षी गठबन्धनका पाण्डे राष्ट्रियसभामा निर्वाचित
काठमाडौं । लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् । पाण्डे चार हजार एक सय ४० मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मत प्राप्त गरे । कांग्रेसका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । कुल ३ सयमध्ये २ सय ९७ जनाले मतदान गरेका थिए ।
स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १४ जना र प्रदेशसभाका ८३ जना गरी २ सय ९७ जनाले मतदान गरेका थिए । पाण्डे एक महिनाअघि मात्रै प्रदेसभामा राजीनामा दिएर एमालेबाट कांग्रेस प्रवेश गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्