नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो,थप ८ हजार ९८० जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय २९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८ सय ६ जना रहेका छन् भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ ।हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्