एकैदिन कोरोनाबाट २ सय २५ जनाले ज्यान गुमाए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको कारण थप २ सय २५ जनाको मृत्यु भएको छ । सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसमेत अद्यावधिक गर्दै स्वास्थ्य मन्त्रालयले सो मृत्यु संख्या उल्लेख गरेको हो । पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ भाइरस संक्रमित थपिएका छन् । २१ हजार ३ सय १६ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना निको भएका छन् । देशभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना जना पुगेको हो ।
देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ । यस्तै संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ७५.५ प्रतिशत रहेको छ । पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७ सय २० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्