नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया बढाउन राष्ट्रपतिसँग तीन दलको माग
काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष आह्वान गरेका छन्। तीन पार्टीका अध्यक्षले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६ (२) बमोजिम प्रधामन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन्। संयुक्त विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #राष्ट्रपतिसमक्ष आह्वान




तपाईको कमेन्ट लेख्नुहोस्