निषेधाज्ञा उलंघन गर्नेलाई एक सय रुपैयाँ जरिवाना
काठमाडौं । उपत्यकामा दोस्रो चरणको निषेधाज्ञाको पहिलो दिन नै सुरक्षा ब्यवस्था निकै कडा बनाइएको छ । यसअघि निषेधाज्ञाको उल्लंघन गर्नेलाई सचेत गराएर होल्ड गरी छोड्ने गरिएकोमा काठमाडौँ उपत्यकामा बिहिबारबाट निषेधाज्ञा नमान्नेलाई प्रहरीले जरिवाना लिन शुरू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले निषेधाज्ञा नमान्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा १ सय रुपैयाँ जरिवाना लिन थालिएको छ ।
निषेधाज्ञालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा नमान्नेलाई जरिवाना लिन शुरू गरिएको हो । वैशाख २१ र २२ मा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ । बिहीबारबाट जरिवाना लगायत कारवाहीमा थप कडाइ गरिने प्रहरीले जनाएको छ । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानीय प्रशासनलाई ३ सयसम्म जरिवाना र ६ महिना कैद सजाय गर्ने अधिकार छ । दैनिक रुपमा काठमाडौं उपत्यकामा दुई हजारभन्दा बढी सवारी साधन निषेधाज्ञा उल्लंघन गरेको आरोपमा कारवाहीमा पर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा के खोल्ने, के नखोल्ने, खोल्दा कसरी खोल्ने लगायतका कुराहरु स्पष्ट रुपमा लागू गरेपछि दोस्रो चरणको निषेधाज्ञाको पहिलो दिनमा नै धेरै कारवाहीमा परेका हुन् । सडकमा ट्राफिक ब्यवस्थापन गर्दै आईरहेका ट्राफिक प्रहरीलाई पनि निषेधाज्ञामा निकै चुनौती थपिएको छ । न त खानाको ठेगान, न त आराम गर्ने नै ठाउँ । शौचालयको ब्यवस्था समेत नहुँदा सास्ती भोग्न बाध्य छन् ।
उपत्यकाको सुरक्षा ब्यवस्था कडा बनाउन १ हजार ५ सय ट्राफिक खटिएका छन् भने ८० भन्दा बढी स्थानमा चेक प्वाइन्ट राखिएको छ । हालसम्म ३० जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण भएको छ । निषेधाज्ञामा कडाई गरिएसँगै होल्डीङ्गमा मात्रै राखिएका सवारी साधनलाई समेत जरीवाना लिन शुरु गरिएपछि उलंघनमा केही कमी आउने प्रहरीको दाबी छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #१ सय रुपैयाँ जरिवाना, #दोस्रो चरणको निषेधाज्ञा
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्