माओवादी केन्द्रले तीन बर्ष २ महिनामा लियो प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा एकजुट भएर निर्वाचन लडेका नेकपा एमाले र माओवादी केन्द्रबाट बनेको केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । दुबै पार्टी मिलेर बनेको नेकपा सर्बोच्च अदालतले अर्केको नाममा रहेको भन्दै खारेज गरिदिएपछि पुरानै अवस्थामा फर्किएका दुई पार्टीबिचको तिक्तताले समर्थन फिर्ता लिएको हो । नेकपा माओवादी केन्द्रले तीन बर्ष २ महिनापछि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको हो । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो । माओवादीका मुख्य सचेतक देव गुरुङले पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारीको पत्र संसद सचिवालयमा बुझाएका हुन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ । पत्रमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बेला नलिएको र वैशाख २७ गते संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिनका लागि बैठक बोलाएको भन्दै माओवादीले आक्रोश पोखेको छ ।
संविधान र परम्परा मिच्दै ओलीले २७ गते बैठक बोलाएको माओवादीको ठहर छ । माओवादी केन्द्रले अन्य दलसँग छलफल गरी प्रधानमन्त्री ओलीले लिने बिश्वासको मतको विपक्षमा बहुमत पुर्याउने समेत बताएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #माओवादी केन्द्र, #समर्थन फिर्ता
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन





तपाईको कमेन्ट लेख्नुहोस्