प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ताको पत्र माओवादी केन्द्रले बुझाउँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज सरकारलाई आफ्नो समर्थन नरहेको औपचारिक पत्र संसद् सचिवालयमा बुझाउदैं छ । मंगलबार पार्टी बैठकले गरेको निर्णयअनुसार आज औपचारिक पत्र बुझाउन लागिएको हो । पार्टीका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोलीले सिंहदरबारस्थित संसद् सचिवालय पुगेर औपचारिक जानकारी दिन लागेको हो।
राजनीतिक रुपमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई आफूहरूको समर्थन नरहेको बताउँदै आए पनि कानुनी रुपमा फिर्ताको निर्णय गरेको थिएन । प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले पनि समर्थन फिर्ताको निर्णय गरेको हो।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। प्रधानमन्त्रीले लिने विश्वासको मत फेल गराउन अन्य दलहरुसँग समेत छलफल गर्ने माओवादीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #माओवादी केन्द्र, #संसद् सचिवालय
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्