काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एकसाता थप, अत्याबश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्विएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकाय प्रमुखहरुसंगको छलफलले थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञा उलंघन भएको भन्दै थप कडाई हुने भएको छ । पहिलो चरणको निषेधाज्ञा सकिएपछि दोस्रो चरणको थप गर्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप कडा बनाउने निर्णय गरेका हुन् ।
अव बैंशाख २३ गतेदेखि पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने र बेलुका पूर्ण रुपमा बन्द गरिने छ । बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गर्न निर्देशन दिइएको छ । मंगलबार पनि काठमाडौ उपत्यकाका सडकमा सवारी साधन र नागरिकको आवत–जावत नघटेको भन्दै प्रशासनले कडाई गरेको थियो । यस अघिको तुलनामा सवारी आवागमनलाई पनि कडाई गरेको छ । सर्वसाधारणलाई प्रहरीले होल्डमा राख्ने गरेको छ ।
त्यस्तै बिनाकाम हिड्ने १ सय ६० जनालाई प्रहरीले १०० रुपैया जरिवाना समेत गराएको छ । निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन काठमाडौंका ७१ स्थानमा स्पेशल चेक प्वाइन्ट राखेर चेकजाँच भइरहेको छ । कोरोना जोखिम न्यूनीकरणका लागि निषेधाज्ञाका क्रममा काठमाडौं भित्रने र बाहिरने नागढुङ्गा नाकामा पनि कडाई गरिएको छ । नागढुङ्गा नाकाबाट अत्यावश्यक बाहेकका सवारी साधानलाई प्रवेशमा रोक लगाइएको छ ।
निषेधाज्ञामा बिभिन्न नाकाबाट ९ हजार ४ सय ३१ सवारी उपत्यका भित्रिएका छन भने ९ हजार १ सय ८ सवारी उपत्यका बाट बाहिरिहेका छन । अहिले सम्म निषेधाज्ञा उल्लघंन गर्ने एघार हजार ६ सय बत्तीस सबारी साधनलाई होल्डिङमा राखिएको थियो । त्यस्तै होल्डिङमा परेका मध्ये एघार हजार ६ सय १३ सवारी साधन सबारी धनीलाई बुझाएको छ भने अझै १९ सबारी बाकी नै छन । यतिबेलासम्म पूर्ण तथा आशिंक गरी ५० बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #निषेधाज्ञा
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्