एकैदिन कोरोना संक्रमणबाट ५५ जनाको मृत्युले तोडियो रेकर्ड
काठमाडौं । नेपालका कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशका बिभिन्न स्थानमा ५५ जनाको मृत्यु भएको हो । कोरोनाबाट मृत्यु हुनेको नयाँ रेकर्ड कायम गरेको छ । नेपालमा हालसम्म कोरोना कारण तीन हजार ४ सय १७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै थप सात हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार १ सय ३१ पिसिआर परिक्षणका क्रममा सात हजार पाँच सय ८७ र ५ सय ७१ एन्टीजेन परिक्षणका क्रममा ७३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म तीन लाख ५१ हजार ५ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै थप १७ सय ७५ जना निको हुँदा हालस्म्म दुई लाख ८७ हजार ७ सय ९० जना निको भएका छन् । हाल नेपालमा ५९ हजार ७ सय ९८ सक्रिय संक्रमति आइशालेशनमा र २ सय ५३ जना क्वारैन्टाइनमा छन् । हालसम्म नेपालमा २५ लाख ३७ हजार २ सय ९५ वटा पिसिआर परिक्षण गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोना
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्