एकैदिन कोरोना संक्रमणबाट ५५ जनाको मृत्युले तोडियो रेकर्ड

काठमाडौं । नेपालका कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशका बिभिन्न स्थानमा ५५ जनाको मृत्यु भएको हो । कोरोनाबाट मृत्यु हुनेको नयाँ रेकर्ड कायम गरेको छ । नेपालमा हालसम्म कोरोना कारण तीन हजार ४ सय १७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै थप सात हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार १ सय ३१ पिसिआर परिक्षणका क्रममा सात हजार पाँच सय ८७ र ५ सय ७१ एन्टीजेन परिक्षणका क्रममा ७३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म तीन लाख ५१ हजार ५ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै थप १७ सय ७५ जना निको हुँदा हालस्म्म दुई लाख ८७ हजार ७ सय ९० जना निको भएका छन् । हाल नेपालमा ५९ हजार ७ सय ९८ सक्रिय संक्रमति आइशालेशनमा र २ सय ५३ जना क्वारैन्टाइनमा छन् । हालसम्म नेपालमा २५ लाख ३७ हजार २ सय ९५ वटा पिसिआर परिक्षण गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोना
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्