एक वर्षपछि दोहोरिएको कोरोना पीडाले कुटोकुम्लो बोकी गाउँतिर

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लाग्ने भएपछि बालाजुस्थित नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा घर फर्कनेहरुको भीड लागेको छ । सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यका छोड्नेहरुको लर्को नै लाग्न थालेको छ । सरकारले कम्तीमा वैशाख मसान्तसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रुहरुको भिडभाड बढेको छ ।
वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा लगाउने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । गत बर्ष लकडाउनले दुख पाएका सर्वसाधारण यस पटक भने सरकारको घोषणा सँगै घर जान हतारिएका छन् । बसपार्कमा घर फर्किनेहरुको भिडमा अधिकाशं काठमाडौ उपत्यकामा पढाइको शिलशिलमा बसेको विद्यार्थी तथा दैनिक ज्याला मजदुरी गर्ने मानिसहरु रहेका छन् । कोरोना संक्रमण बढेपश्चात काठमाडौ उपत्यकामा जारी हुन लागेको निषेधाज्ञाका कारण पहिले जस्तो खानबस्न समेत समस्या हुने भएपछि घर फर्किन लागेको यात्रुहरुले बताएका छन् ।
भक्तपुरको साँगा, दक्षिणकाली र थानकोट नाका हुँदै काठमाडौं उपत्यका छोड्नेहरुको भिडभाड देखिन्छ । सरकारले काठमाडौं, उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात मगलबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्य तर्फ लागेका छन् । काठमाडौँ उपत्यकका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त पहल र मन्त्रीपरिषदको निर्णयसगंै दुई दिन यात्रुलाई घर जाने समय दिएको छ ।
नयाँ बसपार्कमा टिकट काट्ने र बस कुर्नेहरूको भीडभाड बढेको हो । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । गतबर्ष लकडाउन लम्बीदै गएपछि काठमाडौं उपत्यकामा बस्न गाह्रो भएको भन्दै लामो दुरीको यात्रा समेत पैदल हिडेका सर्वसाधारण यसबर्ष भने समयमै बाहिर जान थालेका हुन् । कोरोना संक्रमण दैनिक बढ्दा कहिलेसम्म लकडाउन हुन्छ भन्ने टुंगो नभएकै कारण गृहजिल्ला फर्किन लागेको यात्रुहरुले बताएका छन् । तर, धेरै मानिसको भिडभाड बढेपछि टिकट पाउन नै मुस्कील परेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #दोहोरिएको कोरोना
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्