ओलीले दिएनन माधव पक्षीय नेतालाई जिम्मेवारी, फुटको संघारमा एमाले

काठमाडौं । सत्तारुढ नेकपा एमाले फुटको संघारमा पुगेको छ । आफ्नै सरकारका बिरुद्ध बिषबमनमात्रै गरीरहेकाएमाले माधवकुमार नेपाल र झलनाथ खनालपक्षले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार टिकाईदिएसँगै आक्रामक रुपमा छताछुल्ल हुने गरी देखिएको बिवाद र प्रधानमन्त्री ओलीको निरन्तरको कावाहीको श्रृंखला, नेपाल–खनालबाहेको स्थायी कमिटि गठन लगायतकाबिषयले एमाले फुटेको भन्ने आधार तय गरीदिएको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलाले पूर्ववत रुपमाफर्केको नेकपाएमाले फेरी फुटको संघारमा पुगेको छ ।
प्रधानमन्त्रीकेपीशर्मा ओलीको निरन्तरको पेलान, नेपाल–खनाल समूहको निरन्तरको बिद्रोहले अन्नतएमाले फुट्ने नै भएको छ । यद्यपी पार्टी फुटको अवजस कसै पनिलिननचाहेकाले मात्रै एमाले सग्लो नाममा देखिएपनिब्यवहारमाभने ठ्याक्कै उल्टो छ । देशैभर समानान्तर कमिटिहरु बनाईरहेको र भातृ संस्थाहरुमापनि समानान्तर कमिटिहरु बनाईरहेको नेकपाएमालेका ४ जना नेतालाई पार्टीवाट निलम्बन गरीसकेका ओलीले फेरी नेपाल–खनाल समूहका कर्णालीप्रदेशमा फ्लोर क्रसगर्ने ४ जना सांसदलाई निलम्बन गरेसँगै बिवादझनचुलीएको हो ।
नेपाल–खनाल समूहका २७जनालाई स्पष्टीकरण काटेका अध्यक्षओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । माधवकुमार नेपालपक्षको अनुपस्थितिकाबीचशुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशनआयोजक समितिको बैठकमा अध्यक्षओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् । उनको स्थायी कमिटीमा नेपालपक्षलाई समावेश गरिएको छैन । यता दुईदिनसम्म वार्ता र संवादका लागि बरिष्ठ नेता माधवकुमार नेपालसँग काठमाण्डौको एक होटलमा बार्ता र छलफल गरेपनि परिणाम भने शून्य देखियो ।
अध्यक्ष ओलीले माधव–झलनाथ समूहलाई बाहिरै राखेर स्थायी कमिटि बनाएसँग्ै एमाले फुटेको छ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले भने अध्यक्ष केपी शर्मा ओलीको दम्भकै कारण पार्टी एक हुनसक्ने अवस्था नरहेको बताउछन् । आफुहरुले चैत्र २८ गते भएको केन्द्रिय कमिटि बैठकका निर्णय अमान्य बताईरहेपनि बारम्बार त्यही बिषयलाई लिएर ओली अघि बढीरहेकाले सहमति नभएको नेपालको बुझाई छ ।
यता माधव–झलनाथ समूहका प्रभावशाली नेता एवं ओलीको निलम्बनमा परेका नेकपा एमालेका उपाध्यक्ष डाक्टर भिम रावल भने नेकपा एमाले नफुटेको बताउछन् । रावलले नवौ महाधिबेशनबाट अध्यक्ष ओली र अन्य नेताहरु निर्वाचित भएकाले नेकपा एमाले एकढिक्का भएको बताउछन् । रावलले त नेकपा एमाले ओलीले नभएर आफुहरुले बनाएको पार्टी भएको धारणा राखे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेपछि अदालत समेत पुगेका खनाल–नेपाल समूहका अझै ७ जना सदस्यले स्पष्टीकरण दिन बाँकी रहेको छ ।
दिएकामध्ये २ जना एमालेमै फर्कन तयार रहेको र बाँकी ५ जना पनि लचिलो रहेकाले कडा कारवाही नगरिएको ओली पक्षको ठम्याई रहेको छ । यसरी हामी नदीका दुई किनारा हाम्रो मिलन असम्भव छ भने झै एक पक्षले अर्को पक्षको कुरै सुन्न नचाहनु र एकले अर्कोलाई हेर्ने दृष्टिकोण नै फरक हुनुले केहीदिनमै औपचारीक रुपमा नेकपा एमाले दुई चिरामा बिभाजन हुने स्पष्ट छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सत्तारुढ नेकपा एमाले
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्