नेपालमा थपिए एकै दिन ६ सय ३ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै काठमाडौं उपत्यकामा २ सय ५४ मा संक्रमण पुष्टि भएको छ । ४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५ सय ८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ सय २९ छ। योसँगै हालसम्म २ लाख ७४ हजार ४४७ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६ छ। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको दर ९७ दशमलव ५ प्रतिशत पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्