Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

खाने तेलमा एक वर्षमै सय रुपैयाँ बृद्धि,सरोकारवाला निकाय तै चुप मै चुप 


काठमाडौं । पछिल्लो समय खानेतेलमा दैनिक जसो मुल्यबृद्धि हुँदा समेत सरोकारवाला निकाय तै चुप मै चुप छन् । दैनिक भान्सामा प्रयोगमा आउने उपभोग्य वस्तुमध्ये एक हो खानेतेल । गरिबदेखि धनीसम्म सबैले उपभोग गर्ने खानेतेलमा पछिल्लो एक वर्षमा कल्पनै गर्न नसकिने मूल्यबृद्धि भइरहेको छ । २०७६ सालनमा लकडाउन सुरु भएपछि खाने तेलको मूल्य बढ्न थालेको थियो । त्यसको करिब १ वर्षको अवधिमा खाने तेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँसम्मले बढेको छ ।
एक वर्षमा ७० प्रतिशतभन्दा बढी मूल्यबृद्धि हुँदा पनि जिम्मेवार निकाय मौन छन् । तेलमा १ वर्षमा प्रतिलिटर १ सय रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । सनफ्वार तेल, सूर्यमुखी तेल, भटमासको तेल र तोरीको तेललगायत सबै प्रकारका खाने तेलको मूल्यबृद्धि भएको हो । एक लिटरमा ४० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्यबृद्धि हुँदा समेत सरोकारवाला निकाय मौन बस्नु विडम्बना भएको उपभोक्ता अधिकारकर्मी बताउछन् ।
१ वर्षअघि प्रतिलिटर १४० रुपैयाँमा आउने सलफ्लावर तेलको मूल्य बढेर प्रतिलिटर २ सय ४० रुपैयाँ पुगेको छ । तोरीको तेलको मूल्य प्रतिलिटर २ सय ४० रुपैयाँबाट बृद्धि भएर २ सय ८० रुपैयाँ पुगेको छ । भटमासको तेल प्रतिलिटर १ सय ३० रुपैयाँबाट २ सय २० रुपैयाँ पुगेको ब्यापारीहरु बताउछन् । पहिले १ लिटरको प्रतिप्याकेट १० रुपैयाँसम्म नाफा हुने गरेकोमा अहिले ५ रुपैयाँ पनि नाफा राख्न नसकिएको उनीहरुको दाबी छ । होलसेलले खुद्रा व्यापारीलाई एमआरपीभन्दा ५ रुपैयाँ मात्रै कममा तेल दिने गरेका छन् ।
केही समयअघि खुद्रा व्यापार संघले तेलको मूल्य उत्पादकले आफुखुसी बृद्धि गरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएको थियो । विभागले तेल उत्पादकहरुलाई मूल्यबृद्धि हुनुको कारण पेस गर्न निर्देशन दिएको थियो । मूल्यबृद्धि गर्नुको कारण पेस गर्न नसकेका अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई ३/३ लाख जरिवाना गरिएको थियो ।

क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #खानेतेल

तपाईको कमेन्ट लेख्नुहोस्