नेपालमा थपिए ३६७ जना संक्रमित, अधिकांश काठमाडौँ उपत्यकामा
काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमणदर उकालो लाग्ने क्रममै छ । पछिल्लो २४ घण्टामा थप ३ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १ सय २५ जनामा पीसीआर परीक्षण र ६ सय ९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १ सय २८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित फेला परेका छन् । बिहीबारदेखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २ सय ६० संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा ४ सय ९८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९ सय ६१ सक्रिय संक्रमित रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरस
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्