नेपालमा थपिए ३६७ जना संक्रमित, अधिकांश काठमाडौँ उपत्यकामा

काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमणदर उकालो लाग्ने क्रममै छ । पछिल्लो २४ घण्टामा थप ३ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १ सय २५ जनामा पीसीआर परीक्षण र ६ सय ९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १ सय २८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित फेला परेका छन् । बिहीबारदेखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २ सय ६० संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा ४ सय ९८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९ सय ६१ सक्रिय संक्रमित रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरस
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्