Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

कोरोना संक्रमण फेरि बढ्यो,अस्पतालमा सक्रिय संक्रमितको चाप


काठमाडौं । बेलायतमा भेटिएको कोरोनाको नया भरियन्टले नेपालमा महामारी फैलिने हो कि भन्ने चिन्ता थपिएको छ । पहिलेको भन्दा तिव्र गतिले फैलन सक्ने उक्त भेरियन्टले मृत्युको संख्यालाई पनि बढाउन सक्ने भन्दै सतर्कता रहन विज्ञहरुले सुझाव दिएका छन् । अहिले नेपालमा फेरि पनि कोरोना संक्रमितको संख्याको ग्राफ उकालो लागेको छ । अस्पतालमा आइसियुमा समेत विरामी भरीन थालेका छन् ।

अहिले अस्पतालमा ५० बर्ष भन्दा कम उमेर समुहका विरामीको संख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुने क्षेत्र, स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने स्थानहरु बन्द गर्न सिसिएमसिले मन्त्रीपरिषदमा सिफारिस गरिसकेको छ । तर, सरकारले अपनाउनुपर्ने तयारी भने निकै न्युन छ । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उक्त ठाउबाट नेपाल आउनेको संख्या पनि बढेको सिमा नाकामा सतर्कता अपनाइएको छैन् ।

सरकारले उक्त ठाउबाट आउनेलाइ मात्रै एन्टिजेनको भरमा नेपाल प्रवेश गराएको छ । क्वारेन्टिनको कुनै पनि व्यवस्था गरेको छैन् । जनस्वास्थ्य विज्ञले भने सरकार नागरिकले अहिलेको परिस्थितमा हातेमालो गरेर अगाडि बढ्नु पर्ने सझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डा.अनुप सुवेदीले नागरिकले स्वास्थ्यका मापदण्ड अपनाउन छाडेकोले पनि संक्रमण झन झन फैलिदै गएको बताए ।

सरकारले नागरिकलाई सुसुचित गराउने कार्य गराउन नसक्नु र अन्य देशबाट नेपाल आएका नागरिकको उचित व्यवस्थापन तथा परिक्षण गराउन नसक्नुले अझै भयावह आउन सक्ने भन्दा सबै निकायले सचेत हुनपर्ने बताए । केही महिनादेखि विद्यालय तथा कलेज भौतिक उपस्थितिमा नै खुलिरहेको छ भने पार्टी प्यालेस, रेस्टुरेन्टहरुमा भीड देखिन थालेको छ । यस्तै अवस्था हो भने नेपालमा पहिलेको भन्दा भयावह स्थिति आउन सक्ने देखिएको छ । त्यसैले सरोकावाला निकाय तथा आम नागरिक सचेत बन्न जरुरी छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमित, #सिसिएमसि

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं