६ महिनाका लागि माधवकुमार नेपाल र भीम रावल निलम्बित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेर पत्र पठाएका छन् । पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको जानकारी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुवै नेतालाई गराएका हुन् ।
कारबाही गरिएको भन्दै नेपाल र रावललाई पठाइएको पत्रमा सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो ।
आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।
पाण्डे र भुसाललाई पुनः स्पष्टीकरण
स्पष्टीकरण पेश नगरेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोध्ने निर्णय नेकपा एमालेले गरेको छ । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित तीन दिनभित्र जवाफ दिन माग गर्दै अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय गरिएको जनाइएको छ ।
पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसालाई स्पष्टीकरण सोधेको थियो । नेपाल र रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति उल्टै प्रतिप्रश्न सोध्दै स्पष्टीकरण पत्र बुझाएका थिए भने नेता भुसाल र पाण्डेले जवाफ फर्काएका थिएनन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #एमालेका अध्यक्ष केपी शर्मा ओली, #माधवकुमार नेपाल र भीम रावल निलम्बित
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्