पछिल्लो २४ घण्टामा भेटिए ८९ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार १ सय १ जनाको पीसीआर परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन् । यसमध्ये अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् ।
भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर ५७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म नेपालमा २ लाख ७६ हजार ८ सय ३९ जना संक्रमित फेला परेका छन् । यसमध्ये २ लाख ७२ हजार ५ सय ३० जना निको भएका छन् । यसबाट मृत्यु हुनेको संख्या ३ हजार २७ जना रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोनाभाइरसको संक्रमण
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्