पछिल्लो २४ घण्टामा भेटिए ८९ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार १ सय १ जनाको पीसीआर परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन् । यसमध्ये अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् ।
भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर ५७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म नेपालमा २ लाख ७६ हजार ८ सय ३९ जना संक्रमित फेला परेका छन् । यसमध्ये २ लाख ७२ हजार ५ सय ३० जना निको भएका छन् । यसबाट मृत्यु हुनेको संख्या ३ हजार २७ जना रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोनाभाइरसको संक्रमण
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्